प्रदेश

कपिलवस्तुमा ३१ हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै



कपिलबस्तु, ११ जेठ । कपिलबस्तुमा जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको आईपिभिखोप अभियान सञ्चालन हुने भएको छ । खोप लगाउन छुटेका ३१ हजार ४ सय ६७ जना बालबालिकालाई पोलियो रोगविरुद्धको आईपिभि खोप लगाइनेछ ।

२०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो ।

नेपालमा २०७३ जेठदेखि २०७५ असोजसम्म आईपीभी खोपको अभाव भएको थियो । जिल्लामा जेठ १३ देखि २६ गतेसम्म दुई चरणमा खोप लगाइनेछ । खोप अधिकृत दिपाकर महर्जनका अनुसार कपिलवस्तुमा स्वास्थ्य कार्यालयले खोप लगाउन ७ सय ७३ वटा खोप केन्द्र निर्धारण गरिएको बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायणप्रसाद चौधरीका अनुसार जिल्लाको कपिलवस्तु, शिवराज, महाराजगञ्ज, बाणगङ्गा, कृष्णनगर, बुद्धभूमि नगरपालिका र विजयनगर गाउँपालिकामा जेठ १३ गतेदेखि र यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा जेठ १६ गतेदेखि खोप लगाइने बताउनुभयो ।

खोप लगाउन छुटेका बालबालिका अहिले पाँचदेखि आठ वर्ष हाराहारीका भएका भएका छन । सरकारले त्यतिबेला खोप लगाउन छुटेकाको रेकर्ड राख्दै आएको थियो । सोही आधारमा देशभरि पोलियो खोप छुटाएका बालबालिकालाई खोप लगाउने योजना केन्द्रले सरकारले अघि सारेको हो ।

प्रकाशित : ११ जेष्ठ २०८१, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६