खेलकुद

सुपर ओभरमा अमेरिकालाई हराउँदै नेपालले जित्यो टी-२० आई सिरिजको उपाधि



काठमाडौं, ०४ कार्तिक । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल सुपरओभरमा पुगेको थियो । नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो ।नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए । नेपालको यो जितपछि ३ खेलको सिरिज २-० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ । अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ ।

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६