कर्णाली

नारायणकाजीको प्रश्नः ललिता निवास काण्डका दोषीलाई प्रधानमन्त्रीले सफाइ दिन मिल्छ ?



काठमाडौँ, १० कार्तिक । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीमाथि नैतिक प्रश्न उठाएका छन् । शनिवार भएको खबरदारी सभामा बोल्दै उनले प्रधानमन्त्रीले ललिता निवासको दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रश्न उठाए ।

उनले भने– ‘ललिता निवास काण्डमा हाम्रो नेतृत्वको सरकारले सङ्गठित अपराध, किर्ते र ठगीको दायर गरेको मुद्दा अदालतमा छ । जसलाई अख्तियारले दायर गरेको मुद्दा अदालतमा छ । विशेष अदालतले २ वर्ष कैद र जरिवानाको फैसला गरेको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको, कर छलीको मुद्दा अदालतमा विचाराधीन छ, देशको प्रधानमन्त्रीले एउटा अदालतले दोषी ठहर गरिसकेको र सर्वोच्चमा विचाराधीन मुद्दाको बारेमा संलग्न भएको व्यक्तिलाई सफाइ दिन मिल्छ कि मिल्दैन ? यही हो कानुनी शासन ? म प्रश्न गर्न चाहन्छु के हो कानुनी शासन भनेको ? यो सैह्य हुँदैन ।’

उनले हालै भएको विपद्को अवस्थामा बाढी पहिरोमा परेका नागरिकलाई उद्धार र राहत दिन नसकेको बताए । अहिले सरकार भ्रष्टाचारीलाई जोगाउन लागेकोले त्यसका लागि खबरदारी सभा गरेको बचाउँदै उनले अझै सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाँकी रहेको उल्लेख गरे ।

प्रकाशित : १० कार्तिक २०८१, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६