काठमाडौं १२ कार्तिक । साफ महिला च्याम्पियनसिपमा भारतलाई टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।दशरथ रंगशालामा आइतबार बेलुका सम्पन्न खेलमा भारतलाई पेनाल्टीमा ४(२ ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।
निर्धारित समय १(१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट भएको थियो ।पेनाल्टीमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्कीले गोल गरे ।नेपालले उपाधिको लागि बंगलादेशसँग भिड्ने छ । अघिल्लो संस्करणमा पनि नेपाल र बंगलादेशबीच फाइनल खेल भएको थियो ।
भारतसँगको खेल तनावपूर्ण भएको थियो । १ घण्टाभन्दा लामो समय रोकिएर पुनस् सुरु भएको खेलमा नेपालले पुनरागमन गरेको थियो ।त्यसअघि, ७१ औं मिनेटमा संगिता बासफोरले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
त्यसपश्चात भारतीय खेलाडी सेलिब्रेसनमै रहदाँ रेफ्रीको अनुमतीमा नेपालले बल सञ्चालन गरेर गोल गरेको थियो । सावित्राको बलमा प्रिति राईले गोल गरेकी थिईन् । तर, रेफ्रीले सो गोललाई मान्यता दिईनन् ।
त्यसको विरोधमा नेपाली खेलाडीले मैदान छाडे । लामो समय खेल रोकियो । निर्णयको लगातार विरोध गरे पनि अन्तिममा नेपाली खेलाडी मैदानमा प्रवेश गर्न तयार भए ।दोस्रो हाफले ल्याएको दोस्रो मौकालाई पूर्ण रुपमा सदुपयोग गर्दै उच्च मनोबलका साथ नेपाली टोली मैदानमा उत्रियो । लगत्तै सावित्रा भण्डारीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन ।
१० खेलाडीमा सीमित भएको नेपाली टोलीले दोस्रो हाफमा जित मात्र हासिल गरेन भारतमाथि दबाब पनि सृजना गर्यो । जसको मुख्य पात्र बनिन् सावित्रा । रेखा पौडेलले २ पहेलो कार्ड प्राप्त गर्दा नेपाल १० खेलाडीमा सीमित भएको थियो।
गोलकिपर अन्जना राना मगर नेपालका लागि स्थापन्न खेलाडीको रुपमा मैदानमा प्रवेश गरिन् । उनको उत्कृष्ट प्रर्दशनपश्चात नेपालले जित आफ्नो पक्षमा ल्यायो रेफ्रीको विवादास्पद निर्णयले खेलको दोस्रो हाफ तनावले भरिएको थियो ।
प्रतिक्रिया