खेलकुद

उपाधिका लागि बंगलादेशलाई जित्नैपर्ने दबाबमा नेपाल



काठमाडौं । ढाकाको किङ्स एरेनामा आज साँझ नेपालले साफ महिला यु–२० च्याम्पियनसिपको अन्तिम खेल खेल्दैछ । राउण्ड रोबिनको यो अन्तिम खेल नेपालका लागि गर या मरको खेल हुनेछ । उपाधि घर भित्राउनलाई आजको खेल जित्नैपर्ने दबाबमा छ नेपाल ।
उपाधिको सन्दर्भमा मात्रै होइन, आजको खेल यही च्याम्पियनसिपको पहिलो भेटमा नेपालले व्यहोरेको ३–२ को हारको बदला लिने अवसर पनि हो । बंगलादेशसँगको त्यो भेटमा नेपाल २–० ले पछि परेको थियो। तर, दोस्रो हाफमा अनिशा राई (पेनाल्टीमा) र मीना देउवाले गोल गर्दै खेल २–२ को बराबरी ल्याएका थिए। तर, अन्तिम मिनेटमा नेपाली टोली सम्हालिन नसक्दा गोल खाएर हार व्यहोर्नुपर्यो ।

यही पीडामा महलम लगाउनलाई पनि महिला टोली नयाँ ऊर्जाको साथ मैदानमा उत्रने विश्वास गरिएको छ । यति मात्रै होइन, नेपालले च्याम्पियन बनेर उपाधि घर भित्राउनलाई बंगलादेशलाई जित्नैपर्छ । अंकतालिकाको गणित यस्तै छ । बराबरी पनि नेपालको पक्षमा छैन ।
दुवै टोलीले अहिलेसम्म पाँच–पाँच खेल खेलेका छन् । बंगलादेश शतप्रतिशत जित निकालेर १५ अंक सहित शीर्ष स्थानमा छ भने नेपाल १२ अंक सहित दोस्रो स्थानमा छ । नेपालले बंगलादेशलाई जित्दा गोल संख्याको आधारमा नेपाल विजेता बन्नेछ । नेपालको गोल संख्या ३० भने बंगलादेशको २४ मात्रै छ ।
नेपालले श्रीलंकामाथि ७–० को दोहोरो जित निकालेको छ भने भुटानलाई ८–० ले जितेको छ । पछिल्ला तीन खेलमा नेपालले एकपटक पनि गोल खाएको छैन । सँगै स्ट्राइकर पूर्णिमा राई १० गोल गर्दै प्रतियोगिताकै सर्वाधिक स्कोरर बनेकी छन् । मीना देउवा, समीक्षा मगर, कुशुम खतिवडा, सोनु परियार, वर्षा ओली, सुक्रिया मिया लगायत खेलाडीहरुले पनि राम्रो प्रदर्शन गरिरहेका छन् ।
आज पनि नेपाली दर्शकले यी खेलाडीबाट उच्चस्तरको प्रदर्शनको अपेक्षा गरेका छन् । हारको बदला लिँदै उपाधि लिएर नेपाल फर्कने एक मात्रै उद्देश्यका साथ नेपाली खेलाडी मैदानमा उत्रँदैछ । आज साँझ ६ः४५ बाट नेपाल र बंगलादेशको खेल सुरु हुनेछ ।

प्रकाशित : ६ श्रावण २०८२, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६