खेलकुद

पहिलो खेलमा नेपाल पराजित



काठमाडौँ, १९ भदौ
एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा गए राति भएको समूह ‘के’ को पहिलो खेलमा ताजकिस्तानसँग नेपाल ४–० गोलले पराजित भएको हो ।ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले समान एक एक गोल गरेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।आगामी शनिबार अर्को खेल नेपाल र सिरियाबीच हुनेछ । बुधबारको खेलमा सिरियाले फिलिपिन्सलाई २–१ गोलअन्तरले पाखा लगाएको थियो ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६