समाचार

महाकाली अस्पतालमा ‘सिटी स्क्यान’ सेवा थपियो



दोधारा चाँदनी (कञ्चनपुर),२८ भदौ

महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा थपिएको छ । अस्पतालले ६४ स्लाइसको ‘सिटी स्क्यान’ सेवा थप गरेर आगामी सातादेखि सेवा सुरु गर्ने तयारी गरेको महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले जानकारी दिनुभयो । “६४ स्लाइसको सिटी स्क्यान मेसिन अस्पतालमा पुगेर जडानकार्य अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो, “अर्को हप्तादेखी सेवा सुचारु गर्ने गरी तयारीमा लागेका छौ ।” अस्पतालले सिटी स्क्यान जडानका लागि गत फागुनमा बालाजी सर्जिकल सप्लायर्ससंग तीन करोड ८३ लाख ५५ हजार ५६० रुपयाँमा सम्झौता गरेको थियो । अस्पतालमा सीटी स्क्यान सेवा सुरु भएपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

विगतको तुलनामा अस्पतालले विशेषज्ञ सहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो । “विगतको तुलनामा यहाँबाट सेवा लिने विरामीको संख्या बढेको छ ।” उहाँले भन्नुभयो, “यहाँको मुख्य आवश्यकता भनेको सीटी स्क्यान थियो त्यो सेवा पनि सुचारु हुने अवस्थामा छ यसले यहाँका विरामीहरूलाई ठुलो राहत पुगाउँछ ।” उहााले अस्पतालमा अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहेकाले सेवाग्राहीलाई उपचारमा सजिलो भएको बताउनुभयो । “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिदै गएको सरकारले त्यहि अनुसारको भौतिक पूर्वाधार र स्वाथ्य उपकरण पनि थपिदै गएका छन ।” उहाँले भन्नुभयो–“अब कुनै पनि विरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सक सहितको सेवा दिन थालेको छ ।

अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग,सर्जरी विभाग,स्त्री तथा प्रसुती रोग विभाग,रेडीयोलोजी,एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो ।  अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भएपनि अहिले एक जना मात्रै दरबन्दीमा कार्यरत छन । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिदै आएका छन ।  “अस्पतालमा सीटी स्क्यान सेवा नहुँदा यहाँबाट दैनिक ८÷१० जना विरामी अन्यत्र रिफर हुने गरेका थिए अब त्यो समस्या हट्ने भएको छ ।” यहाँका स्थानीय इन्द्र साउँदले भन्नुभयो–“अब घर नजिकै सहुलियत शुल्कमा यहाँका स्थानीयले सीटी स्क्यान लगायतको विशेषज्ञ सेवा पाउनेछन ।”

विसं २०२० सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ मा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्ती हुर्दै २०४३ सालमा ५० शैयाको अञ्चल अस्पताल (रेफरल सेन्टर) को रूपमा परिणत भयो । मुलुकमा संघीयतापछि प्रादेशीक अस्पतालका रूपमा स्तरोन्नती भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

 अस्पतालमा स्वीकृत स्थायी दरबन्दी अनुसार एघार तहका विशेषज्ञ चिकित्सक चार जना र नवौ र दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्री रोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन । त्यसैगरि एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट,डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भएपनि हालसम्म दरबन्दी अनुसारका चिकित्सकहरू उपलब्ध हुन सकेका छैनन ।

प्रकाशित : २८ भाद्र २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६