खेलकुद

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी



काठमाडौँ, १० असोज

यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो ।

विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो । प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग¥यो ।

प्रतियोगिताअन्तर्गत बास्केट बल हेटौँडा, बक्सिङ पोखरामा भएको थियो भने बाँकी खेल काठमाडाँैमा भएका थिए । प्रतियोगिता समापनका अवसरमा नेपाली सेनाका बलाध्यक्षरथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको खेलकुदले शारीरिक र मानसिक पक्षको विकास गरी स्वास्थ्य, अनुशासित, साहसिक र सक्षम नागरिक उत्पादन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो ।

प्रकाशित : ११ आश्विन २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६