खेलकुद

‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न



भादगाउँ, १७ असोज

यहाँको मध्यपुर थिमि–७ नगदेशमा बिहीबार राति ‘खाँ पिहाँ वइगु’ जात्रा सम्पन्न भएको छ । प्रत्येक वर्ष मोहनी नखःको चालँ अर्थात् बडादसैँको दशौँ दिन विजयदशमीको राति नगदेशको दरबार लाय्कुबाट ‘खाँ पिहाँ वइगु’ जात्रा निकाल्ने परम्पराअनुसार बिहीबार राति जात्रा निकालिएको हो । नगदेशमा रहेको मल्लकालीन दरबारबाट खाँ निकालिएको हो । यो जात्राको अन्त्यमा नगदेशस्थित सिद्धिगणेशको प्राङ्गणमा ‘भुइँफर्सी’ अर्थात् ‘कुभिण्डो’ मार हान्ने भएकाले यसलाई ‘भुइँफर्सी पालेगु’ जात्रा पनि भनिन्छ । दरबारबाट पमा नायो ९प्रधान नाइके०को नेतृत्वमा मल्लकालीन सिपाहीको भेषमा जात्रालुहरू टाउकोमा फलामे टोपी, हातमा तरबार, खुँडा र ढाल बोकेर निस्केका थिए । ती सिपाहीले युद्ध कौशल पनि प्रदर्शन गरेका थिए । सिद्धिगणेश मन्दिर परिसरमा मार हानेको कुभिण्डो प्रसादको रुपमा घरघरमा लाने प्रचलन रहेको छ । जात्रा सञ्चालनका लागि यस वर्ष मध्यपुरथिमि नगरपालिकाले ढाल, टोपीलगायतका सामग्री सहयोग गरेको थियो । जात्रामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठलगायत जनप्रतिनिधिले पनि सक्रिय सहभागिता जनाएका थिए ।

प्रकाशित : १७ आश्विन २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६