लुम्बिनी

लुम्बिनीमा सम्पदा संमेलन !



सम्पदा संरक्षण समाज (इकोमस) को वार्षिक महासभा तथा ६० औं वार्षिकोत्सव बुद्धजन्मस्थल लुम्बिनीमा मनाइएको छ । इकोमस युनेस्कोको सल्लाहकार निकायको रुपमा क्रियाशील गैरसरकारी संस्था हो । असोज २५ देखि सुरु भएको महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रवद्र्धन र दिगो विकासका सवालमा छलफल भएको छ । महासभामा विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय पाहुनाहरू सहित ६७ राष्ट्रका २ सय बढी विदेशी विज्ञहरू सहभागी रहेका छन् ।
विश्व सम्पदा स्थल लुम्बिनीमा महासभा र ६० औं वार्षिकोत्सव मनाउन पाउनु निकै गर्वको विषय भएको लुम्बिनी विकास कोषका कायम मुकायम सदस्य सचिव एवं इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले बताएका हुन् । सन् १९६५ मा स्थापना भएको इकोमस ११७ देशमा राष्ट्रिय समिति, ३१ वटा वैज्ञानिक समिति र १३७ देशबाट १२ हजार ७१५ जना विज्ञ सदस्य रहेका छन् । महासभा र वार्षिकोत्सव समापनपछि लुम्बिनीमै ईकोमस अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन सुरु भएको राईले जानकारी गराएका हुन् । सम्मेलनमा विशेषज्ञ प्यानल, स्थलगत भ्रमण सहित विभिन्न बिषयमा नीतिगत छलफलका सेसनहरू चलिरहेका छन् । लुम्बिनीबौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाइना लगायतले साझेदारी गरेका छन् । कार्तिक २ गते सम्मेलनको समापन गरिने छ ।
सम्पदा संरक्षण समाजको महासभा, वार्षिकोत्सव र अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन नेपालमा, अझ त्यसमा पनि लुम्बिनीमै हुनु जति सुखद विषय हो, उत्तिकै दुःखद हुने छ सम्मेलनबाट सिकेको ज्ञान, विषय र सुझाइएका सुझावहरु कार्यान्वयनमा तदारुकता नदेखाइएमा । संस्थागत सहभागितालाई व्यक्तिगत विज्ञताका आधारमा अथ्र्याएर, मान सम्मान खोजेर, गर्नुपर्ने काम नगरेर, मोल–तोल गरेर, आफ्नै देशसंग मूल्य अर्थात् ज्याला माग्नेहरु धेरै भेटिन्छन् नेपालमा । त्यस्ता विज्ञले आफ्नो विद्वता संपदा संरक्षणमा लगाएर, केही न केही गरेर, देखाएर भन्दा वेच्ने धन्दा चलाउँदा नेपालका संपदा बेवारिसे बनेका हुन् र कतिपय ठाउँमा त उनीहरुकै अगाडि अतिक्रमण हुने गरेका पनि छन् । लुम्बिनी, कपिलवस्तु, रामग्राम र देवदह सहित अन्य धेरै ठाउँमा पहिले नेपालकै विज्ञले काम गरेर, नसकेमा मात्रै विदेशी सहयोगको लिने गरेका भए आजसम्म धेरै अगाडि पुगेको भेटिन्थ्यो । परियोजना बनाएर, दाता खोजेर, प्रस्ताव पेश गरेर, बजेट पाए÷आए सक्रियता देखाउने, नत्र केही पनि नगर्ने, बरु विगार्नेहरुको कमी छैन नेपालमा ।
हाम्रो कामना के मात्रै हो भने लुम्बिनीमा आएका विश्वभरिका सम्पदा शोधकर्ताहरुले कमसेकम नेपालका विज्ञहरुलाई पनि पहिले आफैले केही गरेर देखाऊ र अनि बल्ल बिदेशी सहयोग खोज, माग भनेर सुझाए हुन्थ्यो । देशभित्रै कमाई हुने खालको जागिर खोज्ने, नपाए विदेश पलायत हुने रोग बढी छ यता । यतिबेलाका शिक्षामन्त्री महाबीर पुनले जस्तै आफैले काम गरेर देखाएमा मान सम्मान दिन कञ्जुस्याई हुँदैनथ्यो होला । काम भन्दा बढी धन्दा चलाउनेहरु धेरै भए नेपालमा । सम्पदा सहित धेरैतिर बिग्रेको देखिन्छ त्यसैले ।

प्रकाशित : १ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६