खेलकुद

‘जेनजी’ सहिद योगेन्द्र न्यौपाने स्मृति भलिबल प्रतियोगिताको उपाधि तीनपाटन ‘ए’लाई



काठमाडौँ, ४ कात्तिक

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले ‘जेनजी’ प्रदर्शनका क्रममा सहिद हुनुभएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।

उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएको वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

प्रथम हुने टोलीले नगद रु ७५ हजार, दोस्रोले रु ५५ हजार, तेस्रोले रु ३५ हजार र सान्त्वना हुने टोलीले रु १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानले पुरस्कार एवं प्रमाणपत्र प्रदान गर्नुभयो ।

‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ ‘जेनजी’ प्रदर्शनमा सहभागी हुनुभएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुनुहुन्थ्यो ।

प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिकाका एक÷एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई÷दुई गरी १० टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६