जीवनशैली

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’



खजुरा (बाँके), ६ कात्तिक

पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खवाएर मनाउँदै छन् । आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ ।

उक्त सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाई पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रूपमा भुर्की पूजन गर्दछन् । पूजाको क्रममा भाइबहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी सुनाउने गरिएको छ । भुर्की पूजनका क्रममा दिदीबहिनीले बिहानैदेखि व्रत बसेर आ—आफनो दाजुभाइको सुखशान्ति, उन्नति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहेको वरिष्ठ अवधी साहित्यकार पण्डित शिवप्रसाद पाठकले बताउनुभयो । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।

प्रकाशित : ७ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६