अन्तर्राष्ट्रिय

चलचित्र ‘होस्टेल–३’ भारतमा पनि लोकप्रिय



काठमाडौँ, १२ कात्तिकः

नेपाली चलचित्र होस्टेल–३ ले भारतमा ५१ दिन पूरा गरेको छ । नेपालमा सुरु भएको ‘होस्टेल’ को तेस्रो शृङ्खलाले सिमाना नाघ्दै भारतीय नेपाली समुदायबीच पनि लोकप्रियता विस्तार गर्न सफल भएको हो । गत भदौ २० गतेदेखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिङ्क मलमा निरन्तर प्रदर्शन भइरहेको उक्त चलचित्रले त्यहाँ पनि ५१ दिन पूरा गरेको भारतका वितरक सुरज खड्काले जानकारी दिनुभयो । भारतमा ‘होस्टेल–३’ को वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गरेका हुन् । चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दाबढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो ।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि फिल्मले सफलता प्राप्त गरेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सर्वप्रथम, यति ठूलो शृङ्खलालाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्स्लाई धेरै धन्यवाद दिन चाहन्छु । निर्माण, वितरण र प्रचारप्रसारमा सहभागी सबैलाई हार्दिक आभार व्यक्त गर्दछु ।”‘होस्टेल–३’ ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ । चलचित्रमा पारसबम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहेका छन् ।

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६