ब्रेकिंग न्युज

देउसीभैलोको रकमले ‘बास्केटबल कोर्ट’ निर्माण



पर्वत, १३ कात्तिक : देउसीभैलोबाट सङ्कलित रकमले सदरमुकाम कुश्मामा ‘बास्केटबल कोर्ट’ निर्माण सुरु भएको छ । पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५ स्थित बडागाउँमा कोर्ट बनाउन थालेको हो ।
जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनले देउसीभैलोबाट सङ्कलित रु पाँच लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा उपयोग गरिएको जानकारी दिँदै सङ्घका सबै पदाधिकारी श्रमदानमा जुटेका बताउनुभयो । अपुग रकम कुश्मा नगरपालिकाले प्रदान गर्ने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।

कोर्टमा फाइबर बोर्ड, प्याराफिट, तारजालीलगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । कोर्ट रु १४ लाखमा पूरा लक्ष्य रहेको उहाँले सुनाउनुभयो । साथै अध्यक्ष पुनले देशविदेशमा रहेका पर्वतका बास्केटबलप्रेमीलाई कोर्ट निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित : १४ कार्तिक २०८२, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६