कपिलवस्तु, कात्तिक १४
बाणगंगा राइडर्स क्लब कपिलवस्तुले आउँदो कात्तिक २९ गते “प्रथम बाणगंगा साइकल यात्रा २०८२” आयोजना गर्ने भएको छ। क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार उक्त साइकल यात्राको उद्देश्य बाणगंगा नगरपालिका भित्रका ऐतिहासिक, धार्मिक र पुरातात्त्विक स्थलहरूको अवलोकन, प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले देशभरबाट करिब चार सयभन्दा बढी साइकल यात्रीहरू सहभागी हुने जानकारी दिनुभयो। सो अवसरमा खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिने तयारी गरिएको उहाँले बताउनुभयो। साइकल यात्राका लागि करिब १५ लाख रुपैयाँभन्दा बढी श्रोत खर्च हुने अनुमान गरिएको क्लबले जनाएको छ।

स्वास्थ्यपूर्ण जीवनशैली, स्वच्छ वातावरण र पर्यटन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाई २०८० सालमा स्थापना भएको बाणगंगा राइडर्स क्लब कपिलवस्तु निरन्तर समाजिक, खेलकुद र पर्यटन अभियायानमा सक्रिय रहँदै आएको छ।








प्रतिक्रिया