ब्रेकिंग न्युज

लागुऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ



काठमाडौँ, २७ वैशाख

प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, रौतहट, पर्सा, झापा, मोरङलगायत जिल्लाबाट अवैध लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको हो । दाङको तुलसीपुर उपमहानगरपालिका-५ बाट एक, कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट एक, जानकी गाउँपालिका-१ गुजरूवा चौराहबाट एक, धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट एक जना पक्राउ परेका छन् । त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१३ बडैपुरबाट एक, पुनर्वास नगरपालिका-४ घगाउँबाट दुई जना पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । रौतहटको चन्द्रपुर नगरपालिका-५ बाट एक, पर्साको वीरगञ्ज महानगरपालिका-१६ बाट पाँच, झापाको भद्रपुर नगरपालिका-८ बाट दुई, कनकाई नगरपालिका-३ सुरूङगा बजारबाट एक, मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट एक जना अवैध लागुऔषसहित पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका-६ नमूनाटोलबाट एक, महोत्तरीको बर्दिवास नगरपालिका-१ बाट एक, सुनसरीको धरान उपमहानगरपालिका-१६ गणेशमान चोकबाट दुई र बर्दियाको बाँसगढी नगरपालिका-५ बाँसगढीबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६