खेलकुद

पोखरामा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता



गण्डकी, ८ जेठः ‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ मूल नाराका साथ पोखरामा शनिबार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।पोखरा महानगरपालिका–५ वडा कार्यालयको प्रवद्र्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा बाराही माविको खेल मैदान सो प्रतियोगिता हुन लागेको हो । ज्येष्ठ नागरिकको सम्मान, स्वास्थ्य र सक्रिय जीवनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको प्रचारप्रसार समितिका संयोजक वसन्तराज गौतमले जानकारी दिनुुभयो ।‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल, मैत्रीपूर्ण कार्यक्रम २०८३’ नाम दिइएको उक्त प्रतियोगिताका लागि हालसम्म ७० पुरुषले नाम दर्ता गराइसक्नुुभएको आयोजकले जनाएको छ । उमेर प्रमाणित गर्न नागरिकता वा छिमेकीको सनाखतलाई आधार मानिएको प्रतियोगिताका संयोजक डा सरोज कोइरालाले बताउनुुभयो ।ज्येष्ठ नागरिकलाई राज्यले दिने सम्मान र उनीहरूको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । नेपालमै पहिलोपटक यस्तो प्रतियोगिताको सुरुआत गरेर एउटा सकारात्मक सन्देश दिन खोजेको संयोजक डा कोइरालाले बताउनुुभयो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको छ । 

प्रकाशित : ८ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६