अन्तर्राष्ट्रिय

फुटबल : श्रीलङ्काविरुद्धको खेलमा नेपालको अग्रता



भारत (गोवा), १७ जेठ

भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत श्रीलङ्काविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले श्रीलङ्कामाथि एक शून्यको अग्रता बनाएको हो । नेपालका लागि रश्मिकुमारी घिसिङले गोल गरिन् । पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै रस्मिले गोल गरेकी हुन् । खेलको १२औँ मिनेटमा सरु लिम्बूको पासमा रश्मिकुमारी घिसिङले गरेको प्रहार पोष्ट बाहिरिएको थियो । त्यसैगरी खेलको विभिन्न समयमा पाएको अवसरलाई भने नेपाली महिला खेलाडीले सदुपयोग गर्न सकेका छैनन् । यसअघि भुटानविरुद्ध पहिलो खेलमा १–० को जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ । हालसम्मको भीडन्तमा नेपालले श्रीलङ्कालाई पराजित गर्दै आएको छ । सोही लयलाई दोहो¥याउने दाउमा नेपाल रहेको छ । यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो । आज नेपाली टोलीकी महत्वपूर्ण सदस्य सावित्रा भण्डारी चोटका कारण सहभागी छैनन् भने कम्बोडिया क्लबमा आबद्ध प्रिति राई यस खेलमा सहभागी छैन । सेमिफाइनको खेलमा भने प्रिति राईको उपस्थिति रहने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ ।

प्रकाशित : १७ जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६