अन्तर्राष्ट्रिय

फिफा विश्वकप २०२६ : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता



काठमाडौँ, १३ असार

उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ । अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो । फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो । अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२आँै मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । खेलको २१आँै मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए । खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो । आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ । यससङै समूह आइमा अमेरिकाले नौ अङ्क बटुलेको छ भने नर्बेको ६ अङ्क छ । तेस्तै सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कबिहीन रहँदै विश्वकपबाट बाहिरियो । –––

प्रकाशित : १३ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६