ब्रेकिंग न्युज

सीपसँग संस्कृति जोड्दै नव प्रभात सामुदायिक वन , नौमती बाजा लगायत मौलिक वाद्यवादन सीप विकास तालिम सुरु



प्रेसपाटी डेक्स कपिलवस्तु १६ असार

कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय संस्कृति संरक्षण र स्वरोजगार प्रवद्र्धनलाई जोड्दै नौमती बाजा, हार्मोनियम, मुरली तथा मादल सम्बन्धी १५ दिने सीप विकास तालिम सञ्चालन गरेको छ।
एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको तालिमको उद्घाटन समारोहमा मोतिपुर सव डिभिजन बन कार्यालयका वरिष्ठ अधिकृत तथा कार्यालय प्रमुख यजाज अहमद अन्सारीले शुभकामना व्यक्त गर्दै परम्परागत नेपाली संस्कृति संरक्षणसँगै उपभोक्तालाई सीपमार्फत आत्मनिर्भर बनाउने यस्ता कार्यक्रम समयको आवश्यकता रहेको बताउनु भयो। उहाँले सामुदायिक वनहरू वन संरक्षणमा मात्र सीमित नरही सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका अभियानमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो।


तालिमको प्राविधिक व्यवस्थापन प्राचीन कपिलवस्तु बहुसरोकार मञ्च, बाणगंगा–४ ले गरेको हो । १५ दिन सम्म सञ्चालन हुने तालिममा ३५ जना सहभागी रहेका छन्। तालिममा नौमती बाजा, हार्मोनियम, मुरली तथा मादल सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ।
कार्यक्रममा बाणगंगा न.पा. वडा नं. ८ का वडा सदस्य शैलेन्द्र बेल्बासेले सामुदायिक वनले वन संरक्षणसँगै समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्ने कार्य प्रति प्रशंसा ब्यक्त गर्नु भयो । यस पटकको तालिमले विशेषगरी उपभोक्तालाई सांस्कृतिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्य लिएको प्रति आयोजकलाई धन्यवाद ब्यक्त गर्नु भयो ।


कार्यक्रम नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली रेग्मीको अध्यक्षता र सचिव सिता पाण्डे भुसालको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्राचीन कपिलवस्तु बहुसरोकार मञ्च नेपालका अध्यक्ष भेषराज पाण्डे, प्रशिक्षक पूर्णचन्द्र परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

तालिम मार्फत परम्परागत नेपाली बाजा संरक्षण, स्थानीय कलाकार उत्पादन, सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय सहभागिता वृद्धि तथा समुदायमा सांस्कृतिक पहिचान र सामाजिक एकता सुदृढ हुने अपेक्षा गरिएको छ। साथै दक्ष कलाकार उत्पादन भएपछि विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारको माग बढ्दै जाने र त्यसबाट आयआर्जनका अवसरसमेत सिर्जना हुने विश्वास आयोजकको छ।

सामुदायिक वनहरू पछिल्लो समय वन संरक्षण र जैविक विविधताको व्यवस्थापनमा मात्र सीमित नरही सीप विकास, उद्यमशीलता, सांस्कृतिक संरक्षण तथा समुदायको आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न थालेका छन्। नव प्रभात सामुदायिक वनको यो पहलले सामुदायिक वनलाई सामाजिक विकासको केन्द्रका रूपमा स्थापित गर्ने प्रयासलाई थप मजबुत बनाएको स्थानीयवासीको भनाइ छ ।

प्रकाशित : १६ असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६