ब्रेकिंग न्युज

मादलको तालसँगै आत्मनिर्भरताको बाटोमा महिला नव प्रभात सामुदायिक वनमा १५ दिने सीप विकास तालिम



कपिलवस्तु, २१ असार

परम्परागत नेपाली कला, संस्कृति र मौलिक बाजाको संरक्षण गर्दै महिलालाई सीपयुक्त र आत्मनिर्भर बनाउने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको नौमती बाजा, हार्मोनियम, मुरली तथा मादल सम्बन्धी १५ दिने सीप विकास तालिम प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
असार १५ गतेदेखि शुभारम्भ भएको उक्त तालिममा ३५ जना सहभागी रहेका छन्। तालिम अन्तर्गत विशेषगरी महिलाहरूले मादल बजाउने सीप सिक्दै दैनिक अभ्यास गरिरहेका छन्। लामो समयदेखि पुरुषको सहभागितामा सीमित मानिएको मादल वादनमा महिलाको सक्रिय सहभागिताले लैङ्गिक समानता, सांस्कृतिक संरक्षण र आत्मविश्वास अभिवृद्धिको सकारात्मक सन्देश प्रवाह गरेको छ।


तालिममा सहभागीहरूले मादल, नौमती बाजा, हार्मोनियम तथा मुरली सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास गरिरहेका छन्। यसबाट स्थानीय स्तरमै दक्ष कलाकार उत्पादन हुनुका साथै सांस्कृतिक कार्यक्रमहरूमा स्थानीय प्रतिभाको सहभागिता बढ्ने विश्वास गरिएको छ।
नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली रेग्मीले वन संरक्षणसँगै सामाजिक तथा सांस्कृतिक विकासलाई पनि समान महत्व दिँदै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले परम्परागत बाजा र नेपाली मौलिक संस्कृतिको संरक्षणमा युवा पुस्ता तथा महिलाको सहभागिता बढाउनु आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो।
तालिमले महिलाहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै स्वरोजगारका सम्भावना सिर्जना गर्ने, सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पु¥याउने र समुदायमा सामाजिक एकता तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आगामी असार २९ गते सम्पन्न हुने तालिमको समापन समारोहमा प्रशिक्षार्थीहरूले सिकेका सीपको सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्नुका साथै सहभागीलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
“परम्परागत कला र संस्कृति हाम्रो पहिचान हो। सीप विकासमार्फत महिलालाई सशक्त बनाऔँ, मौलिक बाजा संरक्षण गर्दै नयाँ पुस्तामा सांस्कृतिक चेतना विस्तार गरौँ।“ भन्ने मूल मर्मलाई सामुदायिक बनले ब्यवहारमै उर्तार्ने कोशिसलाई सांस्कृतिक क्षेत्रमा प्रशंसा गरिएको छ ।

प्रकाशित : २१ असार २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६