ब्रेकिंग न्युज

हुलाकी सडक र कमला पुल निर्माणको माग गर्दै बहुभाषिक कवि सम्मेलन



जनकपुरधाम, २ साउन

तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र त्यसअन्तर्गतका पुलहरूको जीर्ण अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सिरहामा आज राष्ट्रिय बहुभाषिक कवि सम्मेलन आयोजना भएको छ । हुलाकी सडक सङ्घर्ष समितिको अगुवाइमा सिरहाको बरियारपट्टीस्थित जनता माध्यमिक विद्यालयमा आयोजित सम्मेलनमा कविहरूले हुलाकी सडक र कमला नदीमाथिको पुलको अवस्थालाई चित्रण गर्दै कविता वाचन गरेका थिए । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माणका लागि स्थानीयवासीले विगत १० वर्षदेखि शान्तिपूर्ण प्रदर्शन, जुलुस, सडक अवरोध, घेराउ, विज्ञप्ति तथा आमरण अनशनलगायता आन्दोलन गर्दै आएका छन् । आज नयाँ शैली अपनाएर उनीहरूले भौतिक संरचनाको माग गरेका हुन् । सम्बन्धित निकायलाई नैतिक दबाब दिन कवि सम्मेलन आयोजना गरिएको हुलाकी सडक सङ्घर्ष समितिका संयोजक रामरिझन यादवले बताउनुभयो । हुलाकी सडक र यसका पुलहरूको ‘दशा, दिशा र दुर्दशा’लाई मुख्य विषयवस्तु बनाएर आयोजित सम्मेलनमा झापाका कवि केशव आचार्य, उर्दू भाषाका कवि साहिदा बानो शाहलगायत ५० जना कविको सहभागी थिए । कार्यक्रममा सिरहाका विभिन्न माध्यमिक विद्यालय तथा क्याम्पसका २५ जना विद्यार्थीको पनि सहभागी थिए । –––

Powered By  Orson Infotech

प्रकाशित : २ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६