ब्रेकिंग न्युज

तीनवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौँ, ८ साउन

सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ । –––

Powered By  Orson Infotech

प्रकाशित : ८ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६