ब्रेकिंग न्युज

नेपाली किसानको रिहाइको पहल गर्न कांग्रेसको आग्रह



काठमाडौँ, ८ साउन

नेपाली कांग्रेसले भारतको विहारस्थित जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । सो पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह सीमावर्ती भारतीय बजारमा रासायनिक मल खरिद गरी फर्किने क्रममा पक्राउ परेको उल्लेख छ । कांग्रेसले आफ्नो खेतीका लागि मल ल्याउने क्रममा पक्राउ परेका किसानको रिहाइका लागि सरकारले तत्काल पहल गर्न आग्रह गरेको छ । मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गरिदिन कांग्रेसले अनुरोध गरेको छ । विज्ञप्तिमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्ध, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीयतालाई ध्यानमा राखी यस्ता संवेदनशील विषयमा तत्काल समाधान निकाल्न आग्रह गरिएको छ ।

प्रकाशित : ८ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६