कर्णाली

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा



कर्णाली, ९ साउन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनभएको छ । कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिनुभएको हो । मुख्यमन्त्री कँडेल विरुद्ध गत असार ३२ गते प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि आज दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बोलाइएको थियो । उक्त अविश्वासको प्रस्तावमाथि मतदान हुन अघि नै कँडेलले राजीनामा दिएपछि अब नयाँ सरकार गठन प्रक्रिया अगाडि बढेको छ । गत असार ३२ गते नेपाली कांग्रेस र नेकपाका गरी १६ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री कँडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । —

प्रकाशित : ९ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६