देश

दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम



काठमाडौँ, १३ साउन

आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिनमात्र खुल्ने दक्षिणामूर्तिको मन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ । दक्षिणालाई पशुपतिनाथका पनि गुरुका रूपमा पूजिने कथन छ । वर्षको एक दिन गुरुपूर्णिमाको दिनमात्र सर्वसाधारणको दर्शनका निम्ति यो मन्दिर खुला हुने गर्दछ । आजको दिन पशुपतिनाथका अर्चक (भट्ट) गुरुहरूसमेत यस मन्दिरमा आएर पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । यसैकारण आज बिहानैदेखि पशुपति क्षेत्रस्थित दक्षिणामूर्ति मन्दिरमा भक्तजनको लाम लागेको पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिनुभयो । गुरुपूर्णिमाका दिन आज बिहानको नित्य पूजा आराधना सकेपछि पशुपतिनाथका चारै जना भट्ट आशा गुरुसहित बाजागाजा लिएर दक्षिणामूर्ति मन्दिर गई पूजाआजासहित दर्शन गर्नुहुने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित : १३ श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६