ब्रेकिंग न्युज

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा



काठमाडौँ, १४ साउन

गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज विराटनगरको विभिन्न अस्पताल पुग्नुभएको छ । विराटनगरस्थित विराट नर्सिङ अस्पताल र प्राइम अस्पताल पुगेर गृहमन्त्री गुरुङले घाइतेका स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्रीको स्वकीय सचिव जेम्स कार्कीले जानकारी दिनुभयो । त्यसक्रममा गृहमन्त्रीले घाइतको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको थियो । गृहमन्त्रीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज पुगेर मृतकका आफन्तसँग पनि भेट गर्ने कार्यक्रम छ । यही साउन १० गते सुनसरीको देवानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । —

प्रकाशित : १४ श्रावण २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६