अन्तर्राष्ट्रिय

सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट



काठमाडौँ, १५ साउन

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा नेपाल-इजरायलबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सूचना प्रविधि, डिजिटल रूपान्तरण, दूरसञ्चार, कृषि, शिक्षा र मानव स्रोत विकासका क्षेत्रमा सहकार्य विस्तारका सम्भावनाबारे छलफल भएको हो । भेटका क्रममा राजदूत बासले सन् १९६० देखि नेपाल-इजरायलबीच रहेको मैत्रीपूर्ण सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल नवप्रवर्तन, कृषि आधुनिकीकरणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न इजरायल प्रतिबद्ध रहेको बताउनुभयो । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालले सूचना तथा सञ्चार प्रविधिमार्फत सुशासन र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार, दूरसञ्चार प्रविधि र नवप्रवर्तनका क्षेत्रमा इजरायलको अनुभव तथा असल अभ्यासबाट नेपाल लाभान्वित हुनसक्ने बताउनुभयो । उहाँले सूचना प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा नेपाली युवाका लागि तालिम, अध्ययन र व्यावसायिक अनुभवका अवसर विस्तार गर्न आग्रह गर्नुभयो । भेटमा दुवै पक्षबीच सूचना प्रविधि, डिजिटल रूपान्तरण तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएका थिए । —

प्रकाशित : १५ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६