देश

राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल



काठमाडौँ, १५ साउन

राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई-मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा पूर्वराष्ट्रपति डा रामवरण यादव र पूर्वउपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम गर्न सबैले पहल गर्नुपर्ने धारणा राख्नुभएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । पूर्वराष्ट्रपति डा यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आमनागरिकको साथ लिएर समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभएको बताउनुभएको थियो । —

प्रकाशित : १५ श्रावण २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६