ब्रेकिंग न्युज

नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा



काठमाडौँ, १६ साउन

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष आज पूरा भएको छ । यस अवसरमा नेपालका लागि चीनका राजदूत चाङ माओमिङले दुई देशबीचको परम्परागत मित्रता, पारस्परिक सम्मान र पारस्परिक हितमा आधारित सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राजदूत चाङले जारी गर्नुभएको शुभकामना सन्देशमा चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठका अवसरमा जारी शुभकामना सन्देशमा विगत ७१ वर्षदेखि दुवै मुलुकबीच दिगो मित्रता, पारस्परिक सम्मान र आपसी लाभमा आधारित सहकार्य निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरिएको छ । सन्देशमा उहाँले नेपालसँगको परम्परागत मित्रतालाई निरन्तर अघि बढाउँदै विकास र समृद्धिका लागि चिरस्थायी मित्रतामा आधारित रणनीतिक साझेदारीलाई थप उचाइमा पु¥याउन तथा त्यसबाट दुवै देशका जनतालाई अझ बढी लाभ पु¥याउन नेपालसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभएको छ । सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुवै मुलुकबीच राजनीतिक, आर्थिक, पूर्वाधार, व्यापार, शिक्षा, संस्कृति तथा जनस्तरीय सम्बन्धलगायत विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । –––

प्रकाशित : १६ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६