ब्रेकिंग न्युज

कुबेत आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याइँदै



काठमाडौँ, १६ साउनः

परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको पार्थिव शरीर स्वदेश ल्याउन लागिएको जनाएको छ । उत्तरी कुबेतमा बिहीबार भएको आक्रमणमा परी निधन हुनुभएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो यस दुःखद् घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कुबेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ । —

प्रकाशित : १६ श्रावण २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६