ब्रेकिंग न्युज

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट



सुदूरपश्चिम, १३ भदौ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि समानुपातिक र आवश्यकतामा आधारित बजेट विनियोजन गरिने बताउनुभएको छ । कैलालीको धनगढीमा आज आयोजित प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनमा उहाँले विद्यालयको भौतिक पूर्वाधारसँगै प्रविधिको प्रयोगमार्फत गुणस्तरी शिक्षा प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री भट्टले सरकारले अभिभावकको सहजता र विद्यार्थीलाई पुषणयुक्त खाजासहित प्रभावकारी रूपमा शिक्षा प्रदान गर्न अगाडि सारेका योजनामा साथ दिन सबैको जिम्मेवारी भएको धारणा राख्नुभयो । उहाँले विद्यालय दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले भन्नुभयो, “भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ । त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ ।” उहाँले शिक्षा क्षेत्रमा बजेटको असमान वितरणका कारण समानुपातिक विकास हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकारले त्यस्तो अवस्था अन्त्यका लागि पहलकदमी लिने बताउनुभयो । “कतै आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव हुने असमान अवस्थालाई अन्त्य गर्नुपर्नेछ । अब त्यसरी बजेट वितरण हुनुहुँदैन । आवश्यकता र औचित्यका आधारमा समानुपातिक विकासमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो । मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रहसमेत गर्नुभयो ।

प्रकाशित : १३ भाद्र २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६