हेटौँडा, १४ भदौः
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी-देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताउनुभयो । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।










प्रतिक्रिया