गण्डकी

साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण



बागलुङ, १० असोज

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडद्वारा दशैँ , तिहार तथा छठपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मुल्य पसलले उपभोक्तालाई राहत मिलेको छ । कर्पाेरेशनले जिल्लामा यही असोज ५ गते सोमबारदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको आएपछि उपभोक्ताको भीड नै लागेको छ । दैनिक ५०० जनासम्म उपभोक्ता सुपथ मुल्य पसलमा आउने गरेको पाइएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङ शाखाले सहुलियत मुल्यमा चिनी, नून, दाल, चिउरा,मैदा, तोरीको तेल र आटाको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । उपभोक्ता सन्जय शर्माले चाडपर्वका मुखमा उपभोक्तालाई खाद्य पदार्थमा केही सहुलियत दिएपछि राहत मिलेको बताउनुभयो । नजिकिँदै गरेको दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित कार्यालयमा सुपथ मूल्य पसल सञ्चालन ल्याइएको साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङका कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको छ । सुपथ मुल्यसँगै गुणस्तरीय समाग्रीका लागि उपभोक्ता लाइनमा बसेरै खाद्य सामग्री खरिद गर्न थालेका छन् । बजारमा मुल्य वृद्धि भइरहेको चिनी, नुन तथा तेललगायतका उपभोग्य बस्तु सरकारी निकायले छुट सुविधासहित दिएपछि उपभोक्ता लामबद्ध भएर खरिद गर्न व्यस्त छन् । उपभोक्तालाई बिलसहित कारोवार गरिरहेको छ । पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी, खाने तोरीको तेल तथा आटा खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । पसल आगमी कात्तिक ३० गतेसम्म सञ्चालनमा रहने जनाइएको छ ।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६