तुलसीपुर (दाङ), २३ असोज
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमही निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको छ । बिहीबार मन्त्री मेहतासहितको टोलीले निर्माणाधीन ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको हो । त्यस अवसरमा मन्त्री मेहताले ट्रमा सेन्टर सञ्चालनका सम्बन्धमा छिट्टै निर्णय गरिने बताउनुभयो । प्रादेशिकस्तरको उक्त ट्रमा सेन्टरको भौतिक संरचना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने तयारी छ । करिब रु २२ करोड लागतमा उक्त ट्रमा सेन्टर निर्माण हुँदैछ । हाल भौतिक प्रगति ७४ प्रतिशतबराबर पुगेको छ । निर्माण सम्पन्न भएपछि ट्रमा सेन्टरबाट उपचार सेवा सञ्चालन गर्ने विषयमा सङ्घीय सरकारले तत्काल आवश्यक निर्णय गर्नुपर्ने भन्दै प्रदेश सरकारले ध्यानाकर्षण गराएको थियो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसहित मन्त्रालयका सम्बद्ध अधिकारीको टोलीले ध्यानाकर्षण गराएको हो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा विकास देवकोटाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रका अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गर्नेगरी पहल भइरहेको बताउनुभयो । यसैबीच मन्त्री मेहताले बिहीबार नै लमही अस्पतालको समेत निरीक्षण गर्नुभएको थियो । श्रोत रासस









प्रतिक्रिया