देश

निर्वाचन आयोगले दबाबमा परेर काँग्रेसको केन्द्रीय समिति अद्यावधिक गर्न ढिलाइ ग¥यो महामन्त्री राणा



काठमाडौं, मंसिर १३

नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्न ढिलाइ गरेको आरोप लगाउनुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्दै महामन्त्री राणाले आयोगले नयाँ कार्यसमितिलाई अद्यावधिक गरेसँगै कांग्रेसको वैधानिकतासम्बन्धी विवाद अन्त्य भएको दाबी गर्नुभयो।

उहाँले अदालतले तोकेको समयसीमाभित्रै पार्टीको महाधिवेशन सम्पन्न गरिएको उल्लेख गर्दै अब प्रदेश र जिल्ला तहका अधिवेशनसमेत छिट्टै अघि बढाइने जानकारी दिनुभयो। महामन्त्री राणाले पार्टीको सांगठनिक प्रक्रियालाई निरन्तरता दिँदै बाँकी अधिवेशनहरू सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो।

प्रकाशित : १४ मंसिर २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६