ब्रेकिंग न्युज

१३ औं कपिलवस्तु महोत्सवमा ‘सिङ्गीङ आईडल’ हुने



कपिलवस्तु, १२ माघ ।

१३ औं कपिलवस्तु महोत्सवमा गायन विधातर्फको आईडल हुने भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म हुने १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा उक्त आईडल हुन लागेको हो । संघको बुधबार बसेको बैठकले कपिलवस्तु डान्स आईडलसंगै गायनतर्फको आईडल गर्ने निर्णय गरेको महोत्सवका निर्देशक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले जानकारी दिए । विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिएको बताउँदै उनले भने, ‘यस महोत्सवलाई थप नयाँपन दिन ‘सिङ्गीङ आईडल’ गर्न लागिएको हो । जुन महोत्सवको आकर्षणको केन्द्रविन्दु बन्ने छ ।’

उनले दुवै आईडलतर्फका अडिसनको काम अघि बढाउने तयारी अन्तिम चरणमा रहेको बताए । गायन क्षेत्रमा रुचि भएकाहरुको प्रयासलाई थप पृष्ठपोषण दिदैं उनीहरुको प्रतिभालाई प्रस्फुटन गर्न सिङ्गीङ आईडल महत्वपर्ण सावित हुने उनले दाबी गरे । उनले हालसम्म महोत्सवको तयारी करिब ८० प्रतिशत सम्पन्न भएको जानकारी दिए । उनले महोत्सवमा स्थानीय उत्पादन तथा मौलिकता पस्कन सक्नेलाई निःशुल्क स्टल उपलब्ध गराईएको बताए । उनले यस क्षेत्रका स्थानीयको समग्र पहिचान झल्किने गरि महोत्सव स्थलमा पुरातात्विक सम्पदा, धार्मिक, पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने गरि काम भईरहेको बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नु महोत्सवको मूल मर्म रहेको बताए । महोत्सव स्थललाई थप आकर्षक बनाउन सौन्दर्यीकरणको काम धमाधम भईरहेको बताए ।

उनले समग्र कपिलवस्तुमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन र व्यावसायिक, पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन महोत्सवले भूमिका निर्वाह गर्ने जिकीर गरे ।

उनले जिल्लामा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धन गर्न महोत्सवको आयोजना गरिएको बताए । उनले संकटमा परेको अर्थतन्त्रलाई माथि उठाउन महोत्सव महत्वपूर्ण सावित हुने समेत दाबी गरे । महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा हुदैं छ ।

प्रकाशित : १२ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६