बुटवल २४ वैशाख। लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले बताए । रुपन्देहीमा आइतबार आयोजित लुम्बिनी प्रदेशस्तरीय महिला मन्च २०८० मा बोल्दै पूर्वमुख्यमन्त्री गिरीले प्राकृतिक स्रोत साधनको संरक्षण र उपयोगमा…