देउखुरी ३८ वैशाख ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरीत लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले राजधानी क्षेत्रबाहिर कार्यक्रम सञ्चालन गरिरहेको छ । राप्ती उपत्यकामै गर्नुपर्ने कार्यक्रमहरु बुटवल लगायत बाहिरी क्षेत्रमा हुन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले पत्र काटेर स्वास्थ्य निर्देशनालयलाई सम्पूर्ण कार्य स्थायी राजधानी राप्ती उपत्यकामा गर्नु गराउनु भनेको हो ।स्वास्थ्य मन्त्रालयले २०८० पुष १ गतेको सचिवस्तर…