भुपाल थापाकपिलवस्तु १६ चैत्र । स्थानीय उत्पादनको उचित बजारीकरणका लागि कपिलवस्तुका उद्योगी ब्यवसायीले थोकबजार केन्द्र स्थापनाको माग गरेका छन् । कृषि उपजले उचित बजार मूल्य पाउने र सहज बजारीकरण समेत हुने भन्दै उनीहरुले केन्द्र स्थापनाको माग गरेका हुन् । उद्योग तथा यातायात व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशको आयोजना र घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको ब्यवस्थापनमा…