काठमाडौं, १३ भदौ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दैछन् ।भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे राष्ट्रपति भवन शितल निवास जाँदैछन् । ‘राष्ट्रपति भण्डारीलाई भेट्न जाने खबर भर्खरै आयो,’ कांग्रेसका एक पदाधिकारीले भने,‘सरकारको प्रमुखभन्दा पनि कांग्रेसको पार्टी सभापति र पार्टी पदाधिकारीको हैसियतमा उहाँलाई भेट्न जान लागेका हौं…