तनहुँ, १५ जेठ । व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गरेका पूर्वविद्यार्थीले क्वारेन्टिमा बस्ने नागरिकका लागि एक महिना तरकारी व्यवस्थापन गर्ने भएका छन् । आफूले अध्ययन गरेको क्याम्पस प्राङ्गणमा बनाइएको व्यास नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकलाई तिनले एक महिना तरकारीको व्यवस्थापन गर्ने गरी यही जेठ १५ देखि असार १५ गतेसम्मका लागि करीब रु६० हजार बराबरको…