अर्घाखाँची २६ चैत । नेपाल पत्रकार महासंघको निर्वाचनमा लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोख्रेल नेतृत्वको लोकतान्त्रिक– प्रगतिशील नेतृत्व अगाडि देखिएका छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको हो । रुपन्देहीको जिल्ला अध्यक्षमा रामराज पोख्रेलको प्यानल विजयी भएको छ…