काठमाडौँ, २८ वैशाख। काठमाडौँमा स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी सानुराम भट्टराईले ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्ति दुवै रुपन्देहीस्थित बुटवल घर भएका पुरुष हुन्। ‘घटनाबारे हामी अहिले बिहान साढे ११ बजे पत्रकार सम्मेलन…