कपिलवस्तु, ०८ वैशाख । कपिलवस्तु जिल्लामा गहुँ काटेको खेतमा सल्काएको आगो बस्ती क्षेत्रमा प्रवेश गर्दा ५० घर टहरा जलेर नष्ट भएका छन्। जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोधन गाउँपालिकामा आगलागी हुँदा ५० घर टहरा जलेर नष्ट भएको हो । शुक्रबार गहुँको डाँठमा लगाएको आगो बस्तीमा पुग्दा क्षति भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक…