कपिलवस्तु, ३० चैत्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन् । लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए । प्रदेशसभाका ८७ सांसद मध्ये…