तानसेन, १८ चैत्र । पाल्पामा हावाहुरीले रुख ढलेर च्यापिँदा एक जनाको मृत्यु भएको छ । तानसेन डुम्रेस्थित जरे पिपल नजिकै शनिवार बेलुकी सल्लाको रुख पल्टेर लाग्दा स्कुटर चालक तानसेन–५, कैलाशनगरका २० वर्षीय भुवन सिंजालीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । एक्कासि हावा हुरी आएपछि सिद्धार्थ राजमार्गको रुख नजिकै बस्नुभएका सिंजालीको ढलेको रुखले च्यापिएर मृत्यु…