रुपन्देही १८ चैत । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन नआए अब चुप लागेर नबस्ने बताउँदै यहाँका उद्योगी व्यवसायीहरुले नियमित रुपमा सञ्चालन नआए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।सञ्चालन भएको १० महिनाभन्दा बढी समय बितिसक्दा पनि नियमित रुपमा विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्रले गरेको अरबौंको लगानी डुब्ने भन्दै जवाफदेही नियामक निकाय हुनुपर्ने बताएका…