सिद्धार्थनगर ९ वैशाख । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले बुटवललाई स्वास्थ्यको हबको रुपमा विकास गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । मन्त्री पुनले प्रदेश गौरवको आयोजनाका रुपमा रहेको अस्पतालको नयाँ भवन निर्माणको कामलाई गुणस्तरीय र समयमै सक्नका आवश्यक निगरानी गर्ने उल्लेख गर्नुभयो । कार्यभार सम्हालेपछि पहिलो पटक उहाँ बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अत्याधुनिक भवन निर्माणका…