काठमाडौं २८ माघ । कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ ।अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको…